दुर्घटनाबाट बँच्न सडक सिँगार्दै रामपुर ट्राफिक 

२0७७ पुष १३ सोमबार
दुर्घटनाबाट बँच्न सडक सिँगार्दै रामपुर ट्राफिक 

रामपुर

इलाका प्रहरी कार्यालय रामपुर र ट्राफिक पोष्ट रामपुरले बेलका क्षेत्रको सडक सिँगार्दै दुर्घटना घटाउने कार्यक्रम गरिरहेको छ । ट्राफिक नियमको उल्लंघन तथा सवारी ऐनको पालना नगर्दा सवारी दुर्घटनाको जोखिम हुने भएकाले बेलका नगरभित्र पर्ने मदन भण्डारी लोकमार्गको चतारा–रामपुर–बसाहा खण्डमा सचेतना कार्यक्रम गरिएको हो । 


बेलका नगरपालिकासँगको साझेदारीमा बिभिन्न वडाभित्र पर्ने सडकका दुर्घटना सम्भावित र जोखिमयुक्त क्षेत्रमा ट्राफिक बेरिकेट राख्नुका साथै जेब्राक्रसिङ र सूचनामुलक होर्डिङ बोर्डहरु झुण्ड्याइएको छ ।


जस अनुसार बेलका नगरपालिका वडा नं. ८ भित्रको सडक खण्डमा १० वटा बेरिकोट राखिएको छ भने वडा नं. ९ को रामपुर बजारमा ४ वटा, ६ नं. वडाभित्र ३, वडा नं. ५ भित्र ३ वटा बेरिकोट राखिएको छ । ती वडाभित्रकै सडकमा सर्वसधारणलाई सुरक्षित तवरले बाटो काट्न १६ ठाउँमा जेब्राक्रसिङ पनि निर्माण गरिएको छ । 


दुर्घटनाबाट बँच्न बिभिन्न ठाउँमा सन्देशमूलक होर्डिङबोर्डहरु पनि ८ वटा राखिएको ट्राफिक पोष्ट रामपुरले जनाएको छ ।