प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अव को होला मुख्यमन्त्री ?

२0७७ पुष १२ आईतवार
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अव को होला मुख्यमन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आईतबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड-माधव समूहका ३६ जना सांसदको हस्ताक्षरसहित विहान १०ः०० बजे संसद सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।


शनिबार मात्र पदच्युत हुन पुगेका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक रहेको अविश्वास प्रस्तावको समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन् । ९३ सांसद रहेको प्रदेशसभामा ३६ जनाले हस्ताक्षर गरेको अविश्वास प्रस्तावमा देखिए पनि दलगत हैसियत भने नखुलाइएको स्रोतले जनाएको छ । प्रस्तावमा प्रचण्ड–माधव नेपाल समूहकै कतिपय सांसदको हस्ताक्षर गर्न छुटेको बताइएको छ । 


संसदमा ९३ मध्ये ६७ सांसद तत्कालीन नेकपाका छन् भने नेपाली कांग्रेसका २१, जनता समाजबादी पार्टीका ३ र संघीय लोकतान्त्रिक मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १/१ सांसद रहेका छन् । नेकपाका ६७ मध्ये पूर्व माओबादीका १६ र ओली समूहमा २० मात्र सांसद रहेको बताइएको छ । 


शेरधन राई मुख्यमन्त्री हुन भएको पूर्व एमाले संसदीय दलको चुनावमा उनको पक्षमा २६ मत परेको थियो भने प्रत्यासी भीम आचार्यको पक्षमा २४ मत र १ मत बदर भएको थियो ।