ओलीपटि लागेका ५ माओबादी नेता मन्त्री बने

२0७७ पुष १0 शुक्रबार
ओलीपटि लागेका ५ माओबादी नेता मन्त्री बने

संसद विघटनको निर्णय भएसँगै पूर्व माओबादीबाट राजीनामा दिने ५ जना मन्त्रीको ठाउँमा पूर्व माओबादीकै मन्त्री भएका छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ मन्त्रीपरिषद पुनर्गठन गर्दै खाली ५ मन्त्रीमा पूर्व माओबादीका नेतालाई ‘रिप्लेस’ गरेका हुन् । 


मन्त्री  पाउनेहरुमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा लामा र गौरीशंकर चौधरी छन् । राजीनामा दिने उर्जामन्त्री वर्षमान पुनको ठाउँमा रायमाझीले स्थान लिँदा रामेश्वर राययादवको ठाउँमा श्रममन्त्री प्रभु साह भएका छन् भने शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ठाउँमा लामाले स्थान भरेका छन् । 


खानेपानीमन्त्री बिना मगरको ठाउँ गौरशंकर चौधरीले लिएका छन् भने माधव नेपाल समूहका पर्यटनमन्त्री योगेश भट्राईको ठाउँमा माओबादीकै मणि थापाले स्थान लिएका छन् । संसद विघटन गरेकै दिन पोखरेल, पुन, यादव, मगर, भट्टराई, घनश्याम भुसाल, शक्ति बस्नेतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै राजीनामा दिएका थिए ।  


माओबादीकै तर्फबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा (बादल) र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । भर्खरै पुनर्गठन भएको मन्त्रीहरुलाई साँझ ७ः०० बजे सपथ खुवाउने कार्यक्रम रहेको जनाइएको छ ।