दिनहुजस्तो लागुऔषध र युवा पक्राउ पर्दै

२0७७ पुष १0 शुक्रबार
दिनहुजस्तो लागुऔषध र युवा पक्राउ पर्दै

उदयपुर

३ दिनअघि मात्र खैरो हिरोईन (ब्राउनसुगर) सहित १० युवा पक्राउ परेको समाचार सेलाउन नपाउँदै उदयपुरमा अर्का एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । 


जिल्लामा लागुऔषध नियन्त्रण अभियान चलाउदै आएको जिल्ला प्रहरीले दुव्र्यसनी तथा कारोबारी पक्राउ गरी कारबाही गर्ने क्रममा सदरमुकाम त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटबाट ५७ थान प्रतिबन्धित लागुऔषधसहित बिहीबार राति २४ वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको हो । 


विशेष सुराकीका आधारमा खटेको टोलीले राति ७ः०० बजेजस्तोे समयमा चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौधरीको साथबाट नोर्फिन १९ थान (एम्पुल), डाईजेपाम १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल तथा सिरिन्च (सुई) ३ थान बरामद गरेको छ । १ प्याकेट चुरोटसमेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । 


चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनका अनुसार उनीमाथि लागुऔषध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।