दुर्घटनामा क्षतिपूर्तिको माग गर्दै बेलसोतमा सडक बन्द

२0७७ पुष १0 शुक्रबार
दुर्घटनामा क्षतिपूर्तिको माग गर्दै बेलसोतमा सडक बन्द

उदयपुर

बिहीबार राति ट्रकको ठक्करले मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सिद्धिचरण लोकमार्गको बेलसोतमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । मिर्चयादेखि कटारीतर्फ आईरहेका कार्कीलाई पछाडिबाट ट्रकले ठक्कर दिदा मृत्यु भएको विरोघमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 


मिर्चैयाबाट कटारीतर्फ आउदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न.३–०२–०१३ प ००७४ नम्बर मोटरसाइकललाई राति मिर्चया–कटारी खण्डको बेलसोतनजिकै चुरे जंगलमा ठक्कर दिदा त्यसमा सवार ५५ वर्षीय सिन्धुलीको दुधौली नगरपालिका ११ का दिपक कार्कीको मृत्यु भएको थियो । 


घट्नास्थलमै मृत्यु भएका कार्कीको परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै सिद्धिचरण लोकमार्गमा स्थानीयले सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन् । 


अवरुद्ध सडक खोल्ने विषयमा इलाका प्रशासन कटारी, इलाका प्रहरी कार्यालयले आन्दोलनकारीसँग छलफल गरिरहेको जनाइएको छ ।