गाईघाटमा तुलसी सहकारीको शाखा

२0७७ पुष ७ मंगलवार
गाईघाटमा तुलसी सहकारीको शाखा

गाईघाट

वहुउदेश्यीय सेवा गर्ने प्रतिबद्धताका साथ तुलसी बहुमुखी सहकारी संस्थाले गाईघाटमा शाखा विस्तार गरेको छ । विराटनगरस्थित मुख्य कार्यालय रहेको सहकारीले गाईघाटमा भर्खरै खोलेको शाखा तेस्रो हो ।


हिमाली टोलस्थित पहिले सिलि अस्पताल रहेको भवनमा खुलेको सहकारीले निकट भविष्यमै बहुउदेश्यीय गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर खोल्ने योजनासमेत सार्वजनिक गरेको छ । आईतबार त्रियुगा नगरप्रमुख बलदेव चौधरीले उद्घाटन गरेको सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्माले गाईघाटबासीको सबैखाले सेवा एउटै ढोकाबाट दिने उदेश्यले शाखा खोलेको बताए । 


उनले सहकारीले छिट्टै गाईघाटमा गार्डेन डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याउनले र जसमार्फत २८ प्रकारका सामाग्रीहरु एउटै छातामुनि बिक्री वितरण गर्ने बताए । स्थानीय उत्पादनको संकलन, व्यवस्थापन र खपत गर्ने उदेश्यले सहकारीको शाखा खोलेको जानकारी दिदै शर्माले त्यसका लागि सबैको सहयोगको अनुरोध गरे । 

शर्माका अनुसार उक्त सहकारीमातहत बिभिन्नखाले ९ ओटा उद्योगहरु संलग्न शिखर अर्गनाइजेसन समूह आबद्ध छ । कृषि उपज, मोटर पम्प, किराना, गोर्खा टी एण्ड कफी, शिखर दाल प्लान्ट, तलसी मोटर पम्प, तलसी फुल स्टीमलगायत उद्योग आबद्ध अर्गनाइजेसनले स्वस्थ्य तथा र अग्र्यानिक उत्पादनहरु उपभोक्तालाई विक्री वितरण गर्ने गरेको छ ।


सहकारीले बाल उज्जवल भविष्य बचत, सुपर पेन्सन बचत, अवधि बचत, क्रमिक बचत, निक्षेप, पेन्सन प्लस, फुयुचर स्टार बचत र कर्जालगायत खाता खोली बचत गर्ने अफर ल्याएको जनाएको छ । 

शाखा उद्घाटन गर्दै मेयर चौधरीले त्रियुगा नगरबासीलाई समृद्धितर्फ अघि बढाउन सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै यो शाखाले नगरपालिकालाई सहयोग पुग्ने अपेक्षा गरे । त्रियुगामा हुने बिभिन्न कृषि खाद्यान्न उत्पादनको उचित व्यवस्थापन र वितरणमा सहयोग गर्न सहकारीले खरिद गरी बजारीकरण गरिदिन आग्रह पनि मेयर चौधरीले गरे ।