मुद्रा कसुरका फरार अभियुक्त पक्राउ

२0७७ पुष ६ सोमबार
मुद्रा कसुरका फरार अभियुक्त पक्राउ

उदयपुर

मुद्रा अपराधमा फरार अभियुक्त उदयपुरमा पक्राउ परेका छन् । १ वर्ष ५ महिनाअघि मुद्रा सम्बन्धी कसुरमा मुद्धा दर्ता भए पनि हालसम्म फरार रहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा लछनपट्टीका १८ वर्षीय साहरुख खान भन्ने साहिल मिया पक्राउ परेका हुन् । 


उनलाई प्रहरीले आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । घरमै लुकेर बसेको भन्ने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको विशेष टोलीले शनिबार उनलाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


उनलाई आवश्यक कारबाहीका लागि आईतबार जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।