उमेर नपुगेका बेहुला बेहुली र अभिभावक पक्राउ

२0७७ पुष २ बिहीबार
उमेर नपुगेका बेहुला बेहुली र अभिभावक पक्राउ

उदयपुर


उमेर नपुगी बिबाह गरेको आरोपमा बेहुला बेहुली र अभिभावक पक्राउ परेका छन् । समाजलाई जानकारी नदिइ बिहे गराएको भन्दै बेहुला बेहुली र उनीहरुका अभिभावकलाई  बिहीबार दिउँसो नियन्त्रणमा लिइएको उदयपुर प्रहरीले जनाएको छ ।  


गत मंसिर १९ गते त्रियुगा नगरपालिका ३ भुल्केका २३ वर्षीय अश्विन कोईराला र ताप्ली गाउँपालिका ५ आदमाराकी १७ र्षीया गोमा खड्काको बिहे भएको उजुरी परेपछि अभिभावकसहित बेहुलाबेहुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छिमेकीलाईसमेत जानकारी नदिइ कानुनविपरित छोराछोरकिो बिहे गराएको भन्दै बेहुलाका बाबु पुष्प कोईराला र बेहुलीकी आमा राधा खड्कालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


गाउँमा छरछिमेक कसैलाई थाहा नदिइ छोराछोरीको बाल बिहे गराईदिएको भन्दै लिखित उजुरी परेपछि उनीहरुलाई पक्राउ गर्नु परेको प्रहरीले लगाएको छ । उनीहरु सबैलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।