आफ्नै छोरी जवरजस्ती गर्ने पक्राउ

२0७७ पुष २ बिहीबार
आफ्नै छोरी जवरजस्ती गर्ने पक्राउ

गाईघाट

उदयपुरका एक पुरुष आफ्नै बालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । छोरीलाई पटकपटक जबरजस्ती गरेको आरोपमा  बिहीबार सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटका बाबु पक्राउ परेका हुन् ।


१३ वर्षीया छोरीमाथि पटकपटक जवरजस्ती गर्दै आएको सूचना अनुसार खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ । ४० वर्षीय अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।