दुई मोटरसाईकल ठोक्किदा एकको ज्यान गयो, दुई घाईते

२0७७ मंसिर २८ आईतवार
दुई मोटरसाईकल ठोक्किदा एकको ज्यान गयो, दुई घाईते

बेलटार

आईतबार दिउँसो दुई मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक चालकको ज्यान गएको छ ।  अर्काे मोटरसाईकल चालक र पछाडि सवार महिला घाईते भएका छन् । 


मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेमा दिउँसो २ः२५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा प्रदेश नं. १–०५–००१ प १८५० नं. को मोटरसाईकल विपरित दिसाबाट आउँदै गरेको स ६ प ९१०१ नम्बरको मोटरसाईकल ठोक्किदा त्यसका चालक २० वर्षीय भविन्द्र परियारको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका परियारको उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ५ः२५ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


परियार स्थायी घर खोटाङको हलेसी तुवाचुङ नगरपालिका च्यास्मीटार भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएको बताइएको छ । दुर्घटनामा अर्को मोटरसाईकल चालक खोटाङ बाराहपोखरी गाउँपालिका ४ का २९ वर्षीय दिवस राई गम्भीर घाक्षर््ते भएका छन् भने पछाडि सवार सोही ठाउँकी २५ वर्षीया साधना राई सामान्य घाईते छिन् । 


गम्भीर घाईते दिवसको पनि बिपीमै उपचार भईरहेको छ भने साधनाको चौदण्डीगढी ६ बेलटारकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । इप्रका बेलटारले दुवै मोटरसाईकल नियन्त्रणमा लिएर अनुुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।