सञ्चारक्षेत्रको बृत्तिविकासमा अगुवा पत्रकारको जोड 

२0७७ मंसिर २७ शनिबार
सञ्चारक्षेत्रको बृत्तिविकासमा अगुवा पत्रकारको जोड 

चप्पन 


पछिल्लो समय पत्रकारिताको स्तर घट्दो अवस्थाप्रति अगुवा पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार आयोजित नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारणसभामा सहभागी अगुवा पत्रकारहरुले पत्रकारिताको खस्कदो अवस्थालाई उकास्न सुझाए । 


संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत र मजबुत पार्ने माध्याम पत्रकारिता पछिल्लो समय कमजोर हुँदै गएको भन्दै त्यसको बचाउमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यान दिनुपर्ने सुझाव दिए । सदरमुकाम त्रियुगा नगरपालिका ११ चप्पनस्थित वनभोजस्तलमा आयोजित साधारणसभामा बोल्ने अधिकतर वक्ताहरुले पत्रकाररुको बृत्ति विकास र क्षमता बृद्धिमा ध्यान दिन महासंघ नेतृत्वलाई आग्रह गरे । 


महासंघ शाखाले भवनलगायत भौतिक संरचना निर्माण गरिसकेकाले अव पत्रकार र सञ्चार संस्थाको विकास र क्षमता बृद्धितर्फ ध्यान दिन वक्ताहरुको आग्रह थियो । वक्ताहरुले महासंघ सबै आस्था, विचार र सिद्धान्त बोक्ने पत्रकारहरुको साझा थलो भएकाले त्यसै अनुसार अघि बढ्न पनि सुझाएका थिए । 


केन्द्रीय सदस्य उद्धव तिम्सिनाको प्रमखु आतिथ्य तथा प्रदेश महासंघ अध्यक्ष विक्रम लुईटेल र महासचिव बिबेक गौतमको विशेष आतिथ्यमा सम्पन्न साधारणसमाभा पुर्वअध्यक्षहरु कौशल चेमजोेङ, श्याम राई, ईश्वर तामाङ, महेश्वर चामलिङ र कुशलबाबु बस्नेत तथा नवगठित बिज्ञापन बोर्डका सदस्य बन्दना दनुवारलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।


शनिबारै समपन्न भक्तिविलाश पोखरेल अध्यक्ष मण्डलको बन्दशत्रले अध्यक्ष भरत खड्काले प्रस्तुत गरेको सांगठनिक तथा कोषाध्यक्ष पर्शुराम थापाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ ।