छोरीको कुटपिटबाट बाबु ठहरै

२0७७ मंसिर २५ बिहीबार
छोरीको कुटपिटबाट बाबु ठहरै

लिमचुङबुङ


आफ्नै छोरीको कुटपिटबाट उदयपुरको लिमचुङबुङमा एक बाबुको प्रणपखेरु उडेको छ । छोरी अनिता मगरको कुटाईबाट लिमचुङबुङ गाउँपालिका ३ ताम्लिछाका नेत्रबहादुर मगरको प्राण गएको हो । 


आमालाई कुटेर घाईते बनाएको भन्दै २८ वर्षीया अनिता मगरले ५५ वर्षीय बाबु नेत्रबहादुरलाई ३ लात्ती प्रहार गरेका थिए । मंगलबार रातिको कुटाईटले बुधबार साँझ मगरको ज्यान गएको वडाध्यक्ष भविन्द्र राईले बताए । 

वडाध्यक्ष राईका अनुसार छिमेकी पदम विककी छोरीको बिहेमा गएका नेत्रबहादुर हल्का मादक पदार्थ सेवन गरेर घर फर्केका थिए । घरमा घरायसी बिबादमा झगडा भएपछि श्रीमतिलाई कुटपिट गरेर घाईते बताएको विषयमा उनीमाथि छोरीले कुटपिट गरेको वडाध्यक्ष राईले बताए । 


आमालाई कुटेको विषयमा बाबुछोरीबीच भनाभन हुँदा आवेशमा आएकी अनिताले बाबुमाथि ३ लात्ती प्रहार गरेकी थिईन् । त्यसकै कारण मगरको ज्यान गएको वडाध्यक्ष राईको भनाई छ । घट्नाबारे इलाका प्रहरी कार्यालय बाराहा र जिल्ला प्रहरीबाट गएको संयुक्त टोलीले बिहीबार सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम गाईघाट पठाएको छ । 


बाबुको हत्या आरोपमा कुटपिट गर्ने अनितालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।