३
२0७७ मंसिर २४ बुधबारउदयपुर
यसअघि पेट्रोल पम्प भाडामा राख्नेहरु सावधान हुनुपर्ने भएको छ । अव पेट्रोल पम्प भाडामा लगाउन नेपाल आयल निगरमले मनाही गरेको छ ।
अवदेखि पेट्रोल पम्प भाडामा लगाउन रोक लगाइको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पेट्रोलियम पदार्थ बिक्रेताले पम्प भाडामा लगाएर मनपरी गर्ने गरेको पाइएपछि निगमले यसमा बन्देज लगाएको पौडेलले बताए । उनका अनुसार पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पहरु भाडामा लगाएको पाइएपछि निगमले सार्वजनिक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन मनाही गरेको हो ।
निगमको सूचना अनुसार ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ तथा विनियम ३० (ड)’ अनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाउन नपाउने व्यवस्था गरेको छ । नियमावलीमा पम्प भाडामा लगाएमा निगमले आपूर्ति सेवा बन्द गर्न सक्ने व्यवस्थासमेत गरेको कार्यकारी निर्देशक पौडेलले बताए ।
सो प्रावधानअनुसार कुनै पनि पम्प सञ्चालकले भाडामा नदिई विनियमावली बमोजिम आफँै सञ्चालन गर्नुपर्ने व्यवस्था छ । निगमले यसबारे पम्प सञ्चालकलाई यसअघि पनि पटक पटक सचेत गराएको भए पनि बेवास्ता गरेपछि बाध्य भएर कारबाही गर्ने गरी सूचना जारी गरेको जनाएको छ ।
निगमले जारी गरेको सूचनामा विनियमावली अनुसार नथगरेमा त्यस्ताम पम्म सञ्चालकमाथि कारबाही हुने चेतावनी दिएको छ ।