कोईरालाको गोठमा आगलागी हुँदा१० लाख क्षति

२0७७ मंसिर १७ बुधबार
कोईरालाको गोठमा आगलागी  हुँदा१० लाख क्षति

उदयपुर


सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडामा बुधबार साँझ आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गाई गोठमा लागेको आगोले गोठ, घर र बिभिन्न जिन्सी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


गाईलाई कुँडो पकाएको अँगेनाको कोईलाबाट सल्केको आगोले कोईरालाको टीनको छानो भएको २ तलेट घर र घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठमात र गाईगोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


साँझ ५ः०० बजेजस्तो समयमा लागेको आगोले मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घट्नाबारे जानकारी आएलगत्तै त्रियुगा नगरपालिकाबाट गएको दमकल तथा सदरमुकामबाट खटेको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दुईघण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।