गुलियो मिठाईसँग के के भित्रिन्छ उदयपुरमा ?

२0७७ मंसिर १४ आईतवार
गुलियो मिठाईसँग के के भित्रिन्छ उदयपुरमा ?

उदयपुर, मंसिर १४
    

अवैध रुपमा जिल्ला भित्रदै गरेको अवस्थामा प्रहरीले ३३ कार्टुन मिठाईसहित दुईजनालाई पक्राउ गरेको छ । उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीको चेकजाँचको क्रममा बील भर्पाईबिनाको ३३ कार्टुन मिठाई बोकेर आउँदै गरेको ना ५ च ३३३८ नं. को पिकअप भ्यान, चालक र त्यसमा सवार अर्का एकसहित पक्राउ परेका हुन् । 


सदरमुकाम गाईघाटतर्फ अँउदै गरेको उक्त भ्यानमा चेकजाँच गर्दा ‘रितेश सुद्ध मिठाई’ लेखिएको ३३ कार्टुन मिठाई भेटिएको र त्यसको बील भर्पाई केही नपाइएपछि अवैध ठानेर बरामद गर्नुपरेको प्रहरील्े जनाएको छ ।    


जिल्ला भित्रिने गाडीहरुको नियमित चेकजाँच गर्ने क्रममा प्रहरीसो मिठाई बरामद गरेको जनाएको छ ।    मिठाईसँगै प्रहरीले भ्यान चालक महोत्तरीको बर्दिवास नगरपालिका ९ का ३५ वर्षीय रामशरण महतो तथा मिठाई बेच्ने (सेल्समेन) औरही नगरपालिका ७ का २२ वर्षीय सुशील यादवलाई पनि नियन्त्रणमा लिएको छ । 


मिठाई, भ्यान र चालक तथा बेच्ने सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।