लागूऔषध नाईटोजेपामसहित एक युवक पक्राउ

२0७७ मंसिर ११ बिहीबार
लागूऔषध नाईटोजेपामसहित एक युवक पक्राउ

उदयपुर, मंसिर ११


उदयपुर प्रहरीले सप्तरीका एक युवकलाई प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिएको छ । सप्तरीको सप्तकोसी नगरपालिका ३ फत्तेपुरका १९ वर्षीय प्रदिप देउजालाई बुधबार राति गाईघाटका अवैध लागूऔषध नाईटोजेपामसहित पक्राउ गरेको हो । 


त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित तरकारी बजारको सुरक्षार्थ राखिएको अस्थायी प्रहरी पोष्टको टोलीले सुराकीका आधारमा सोही वडाको जोगीपोखरीबाट देउजालाई लागू औषधसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट ३२ थान नाइटोजेपाम ट्याब्लेट फेला पारेपछि नियन्त्रणमा लिइएको जनाएको छ । 


देउजालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।