‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ 

२0७७ मंसिर १0 बुधबार
‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ 

राजाबास (उदयपुर)


महिला हिंसाविरुद्ध लक्षित वर्षेनी देशव्यापी रुपमा मनाइदै आएको १६ दिने अभियान बुधबारदेखि उदयपुरमा पनि सुरु भएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मनाइदै आएको दिवस सदरमुकाम गाईघाटमा एक कार्यक्रमबा बीच सुरु गरियो ।


बुधबार जिल्ला समन्वय प्रमुख खड्ग परियाले एक कार्यक्रमबीच उद्घाटन गर्दै अभियानको सुरुवात गरे । परियारले महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको रजतस्तम्भमा दिप प्रज्वलन गरी उद्घाटन गरे । 


हिंसाविरुद्ध बिभिन्न जनचेतनामूलक कार्यक्रमका साथ देशभर हरेकवर्ष मनाइने यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको छ । अभियान उद्घाटन गर्दै समन्वय प्रमुख दर्नालले लिङ्गकै आधारमा समाजमा हुदै आएको भेद्भाव वर्तमान युगका लागि अशोभनीय भएको बताए । 


उनले लैंगिक भेदभावले एक्काईशौं शताब्दकिो समाजलाई मात्र नभएर राष्ट्रलाई नै कुरुप बनाएको भन्दै परियारले अवको समाज लैंगिक हिंसामुक्त हुनुपर्ने बताए । ‘अहिलेको युग भनेको सभ्य र सुसंस्कृत र भेदभावरहित हुनुपर्छ’ प्रमुख परियारको जोड थियो ‘त्यसका लागि समाजमा कतै हिंसा र भेदभाव हुनु भएन, लैंगिक हिंसा त झन् हुनै भएन । त्यसका लागि सबै पक्ष जुटेर लागी पर्नुपर्छ ।’


अवको समाज सबै किसिमका विभेद र असमानतामुक्त हुनुपर्ने बताउँदै परियारले लैंगिक हिंसा, बिभेद, जातीय भेदभाव र अन्धविश्वाशजस्ता कुरिती र कुसंस्कारको अन्त्य गर्न सके मात्र देश र समाज समानताको दिसातर्फ अघि बढ्ने बताए । 


जिल्ला समन्वय उपप्रमुख गंगा राईले समाज र देशलाई लैंगिक हिंसामुक्त बनाउने उदेश्यले वर्षेनी देशव्यापी रुपमा १६ दिने हिंसाविरोधी अभियान सञ्चालन गर्ने गरिएको बताईन् । अभियानलाई  सार्थक, प्रभावकारी र उपलब्धीमूलक बनाउन सबै स्थानीयतहका वडावडा र बस्तीबस्तीसम्म पुर्याउनु पर्नेमा उपप्रमुख राईको जोड थियो । 


उपप्रमुख राईले विभिन्न कार्यक्रमसहित मनाइने अभियानलाई कोविड संक्रमणबाट सुरक्षित हुँदै सफल बनाउन आग्रह गरिन् । विगतमाजस्तो भौतिक उपस्थितिमा कार्यक्रम गर्न नसकिए पनि प्रविधिको भरपुर प्रयोग गर्दै अभियानलाई सार्थक तुल्याउन उनले सबैपक्षसँग आग्रह गरेकी थिईन् ।


ओरेक उदयपुरकी संयोजक सुनिता मैनालीले १६ दिने अभियानको कार्यतालिका प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा नेपाल प्रहरीले पछिल्लो ६ महिना (चैतदेखि भदौसम्म) को अवधिमा ४७ महिलाको हत्या भएको प्रतिवेदन सार्वजानिक गरियो । 


प्रतिबेदन अनुसार दैनिक ७ वटासम्म बलात्कार, बलात्कारपछि हत्या र बलात्कार उद्योगका घट्ना हुने गरेको देखाइएको छ । सो अवधिमा १ हजार २ सय २१ वटा बलात्कार र बलात्कारजन्य हत्या हिंसा भएको प्रतिबेदनले औंल्याएको छ । 


हिंसाविरोधी सन्देशयुक्त सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहाल, अनेम संघ केन्द्रीय सदस्य गीता रेग्मी, गैसस महासंघ केन्द्रीय सदस्य महेश्वरी राई, पत्रकार महासंघ अध्यक्ष भरत खड्का, गैसस महासंघ अध्यक्ष सुमन परियार, महिला अधिकार रक्षक सञ्जाल अध्यक्ष माया भण्डारी र त्रियुगा ८ की सदस्य कमला बस्नेतलगायतले हिंसामुक्त समाज निर्माण गर्न अभियानलाई सफल आग्रह गरेका थिए ।