तथाकथित माता धरौटीमा रिहा, पिता अनुसन्धानमै

२0७७ मंसिर १0 बुधबार
तथाकथित माता धरौटीमा रिहा, पिता अनुसन्धानमै

उदयपुर


तपाँईको गाउँमा कोही ‘माता’ छन् ? अथवा तपाँई स्वयं ‘माता’ वा ‘धामी’ भएर झारफुक र विरामीको उपचार गर्ने नाममा सर्वसाधारणसँग गलत फाईदा लिदै हुनुहुन्छ ? यदि त्यसो हो भने अहिले नै सावधान रहनुहोला ! उदयपुर प्रहरीले माता र धामीको रुपमा उपचार गर्ने भन्दै बिभिन्न सर्वसाधारणसँग आर्थिक र यौन शोषणको फाईदा लुट्ने एक जोडीको दोहोलो काढेको छ । 


विरामीलाई रोग निको पार्ने बहानामा यौन शोषण गर्ने तथा पैसा धुत्ने गरेको आरोपमा उदयपुरका तथाकथित ‘माता’ र एक धामी ‘पिता’ लाई झण्डै १ महिना प्रहरी कस्टडीमा राखेर अदालतको जिम्मा लगाएको छ । अदालतले उनीहरुमाथि थप अनुसन्धान गर्ने पैmसला गर्दै एकजनालाई धरौटीमा छाडेको जनाइएको छ । 


विरामी भएर उपचार गर्न आउने अन्धविश्वासी सर्वसाधारणलाई निको पार्ने भन्दै यौन तथा आर्थिक शोषण गरेको उजुरी परेपछि त्रियुगा नगरपालिका १० का धामी चुडामणि श्रेष्ठ र माता जुना राईलाई प्रहरीले कात्तिक पहिलो साता नियन्त्रणमा लिएको थियो । उनीहरुको मुद्धाउपर मंगलबार जिल्ला अदालत उदयपुरले थप अनुसन्धान गर्ने गरी मुद्धा अघि बढाएको प्रहरीले जनाएको छ । 


अनुसन्धान क्रममा विरामी भई आउने सर्वसाधारण महिलालाई बिभिन्न बहानामा यौन शोषण गर्ने तथा आर्थिक दोहन गर्ने गरेको पाइएपछि धामी ३९ वर्षीय श्रेष्ठविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्धा चलाएको थियो । अदाललते श्रेष्ठमाथिको मुद्धाको अनुसन्धान  जारी राख्दै ४५ वर्षीया माता राईलाई धरौटीमा रिहा गरेको छ । उनलाई अदालतले ६७ हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । 


उनीहरुमाथि वर्षौंदेखि झारफुक गर्ने तथा भुतप्रेत जगाएर जुनसुकै रोग निको पार्ने बहाना गरेर मान्छे ठग्दै आएको आरोप लागेको एसपी दाहालले बताए । पीडितको उजुरीपछि खटेको प्रहरीले अनुसन्धान गर्ने क्रममा घरभित्रै कृतिम मन्दिर बनाएर विरामी महिलालाई आर्थिक तथा यौन शोषण गर्ने गरेको पाइएपछि २३ दिन हिरासतमा राखेर अनुसन्धानपछि अदालतको जिम्मा लगाइएको दाहालले बताएका छन् ।