कटारीबाट भरुवा बन्दुकसहित २ युवा पक्राउ

२0७७ मंसिर ८ सोमबार
कटारीबाट भरुवा बन्दुकसहित २ युवा पक्राउ

कटारी

उदयपुर प्रहरीले एकनाल भरुवा बन्दुकसहित कटारीका दुई युवालाई सोमबार पक्राउ गरेको छ । कटारी नगरपालिका ७ मर्जेतपुरबाट मध्यान्ह १२ बजे भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।


सुराकीका आधारमा खटेको टोलीले कटारी नगरपालिका ७ का ३० वर्षीय रुद्रबहादुर तामाङ र ३४ वर्षीय कृष्णबहादुर तामाङलई पक्राउ गरिएको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । घरमा बन्दुक लुकाईराखखेको भन्ने सुराकीका आधारमा टोली पठाउँदा उनीहरु बन्दुकसहित पक्राउ गरेका हुन् । 


तामाङद्वयसँग बन्दुक राख्ने अनुमतिपत्र (लाईसेन्स) नभएकाले गैरकानुनी हतियार राखेको आधारमा पक्राउ गरिएको प्रहरी भनाई छ । उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ ।