४
२0७७ मंसिर ७ आईतवारउदयपुर
एकवर्षमा २६ लाख बढी कर तिर्ने उदयपुरको एक व्यापारिक फर्म सम्मानित भएको छ । गत आर्थिक वर्ष ०७६/७७ मा २६ लाख ३१ हजार ४ सय ९६ रुपैंया राजश्व बुझाउने ‘नेपाल ट्रेडिङ एण्ड हार्डवेर प्रालि कटारी’ लाई करदाता सेवा कार्यालय उदयपुरले आईतबार सम्मान गरेको हो । ‘नवौं कर दिवस ०७७’ को अवसरमा करदाता सेवा कार्यालय गाईघाटले सञ्चालन गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन आईतबार प्रालि र कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुब्बा टेकबहादुर कार्कीलाई सम्मानित गरेको हो ।
कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाएको थियो । कर सप्ताहको समापनको अवसरमा आईतबार आयोजित एक कार्यक्रममा प्रालि र कार्कीलाई सम्मान गरिएको कार्यालय प्रमुख अधिकृत सुमन बुढाथोकीले बताए । प्रालिले गत आर्थिकवर्ष सबभन्दा बढी राजश्व तिरेको थियो भने कार्कीले वर्षभरी राम्रो काम गरेको प्रोत्साहनस्वरुप सम्मान गरिएको सुबेदीले बताए ।
सम्मान कार्यक्रमसँगै नवौँ राष्ट्रिय कर दिवसको समापन भएको छ । यो वर्षको कर दिवसको अवसरमा कोविडका कारण धरासायी हुन पुगेको अर्थतन्त्र जोगाउन राज्यले अघि सारेको करमा बिभिन्न किसिमका छुटबारे प्रचारप्रसार अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए । उनका अनुसार आर्थिक ऐन २०७७ ले व्यवस्था गरेको छुट सुविधाबारे आकर्षक योजना (स्कीम) सरकारले अघि सारेको छ । सोसम्बन्धी करदातालाई जानकारी गराउन यो वर्षको कर दिवसलाई केन्द्रित गर्दै प्रचार अभियान चलाइएको अधिकृत बुढाथोकीले बताए ।
प्रचार अभियान सदरमुकाम गाईघाटदेखि मुख्य व्यापारिक केन्द्रहरु कटारी, बेल्टार र रामपुर बजार तथा अन्य सहायक व्यापारिक केन्द्रमासमेत सञ्चालन गरिएको छ । कोविडले थलिएको व्यापारिक क्षेत्रलाई उठाउन चालुवर्षको कर चुक्ता गर्दा बिभिन्न ४ किसिमका सुविधा करदातालाई दिइएको अधिकृत बुढाथोकीले बताएका छन् ।
करदाता सेवा कार्यालय गाईघाटले ०७६÷७७ मा जम्मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २८ रुपैंया १८ पैसा राजश्व संकलन गरेमा प्रालि सबभन्दा ठूलो करदाता सावित भएकाले सम्मान तथा अभिनन्दन गरिएको अधिकृत बुढाथोकीले बताए । उनका अनुसार त्यसको अघिल्लो वर्ष ०७५÷७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैंया ६५ पैसा संकलन हुँदा पनि प्रालि ठूलै करदाता थियो ।
जस अनुसार ०७४÷७५ देखि ०७६÷७७ सम्मको आय विवरण बुझाउँदा लाग्ने बिभिन्न अतिरिक्त करहरु ०७७ फागुन मसान्तसम्म बुझाएमा छुटको आकर्षण सरकारले अघि सारेको कर कार्यालयले जनाएको छ ।