नेकपा ताप्लीको सपथ ग्रहण 

२0७७ मंसिर ३ बुधबार
नेकपा ताप्लीको सपथ ग्रहण 


ताप्ली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरको ताप्ली गाउँ कमिटीको सपथ बुधबार सम्पन्न भएको छ । गएको हप्ता गाउँ कमिटीले पूर्णता पाएसँगै सपथग्रहण कार्यक्रम आयोजना गरिएको हो । 

 

गाउँपालिका केन्द्र रुपाटारमा आयोजित उक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कमिटी सचिव सुरेशकुमार राई (हिमाल)ले नवगठित समितिलाई सपथ गराएका हुन् । पूर्व माओबादीका ढुंगराज विक अध्यक्ष र पूर्व एमालेका तोपबहादुर ज्युठकुरी सचिव रहेको ७५ सदस्यीय नवगठित समितिले सपथ लिएको छ । 


सपथग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु मञ्जु चौधरी, जगन्नाथ खतिवडा, जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य बलदेव चौधरी, जिल्ला कमिटी अध्यक्ष विनोद कटुवाल (दिवस),सचिव इश्वरमणि राउत, संविधानसभासदद्वय मोहन खत्री तथा भेषकुमारी राउत, प्रदेश कमिटी सदस्यहरु, सचिवालय र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । 


गाउँ कमिटीको सपथसँगै अव ५ वटै वडा कमिटी गठन गरी पार्टीलाई चलायमान बनाउने योजना रहेको नवगठित कमिटी अध्यक्ष विकले बताए । सपथ कार्यक्रममा बोल्ने नेताहरुले नेपाली जनतालाई सुखी र समृद्ध बनाउँने जिम्मेबारीका साथ अघि बढेको नेकपा मुलुकको एक मात्र निर्विकल्प शक्ति भएको भन्दै पार्टी एकताबद्ध भएर जनतामुखी कार्यक्रममा लाग्नुपर्ने खाँचो औंल्याएका थिए ।