मोटरसाईकल ठक्करले युवति ठहरै 

२0७७ कार्तिक ३0 आईतवार
मोटरसाईकल ठक्करले युवति ठहरै 

नेपालटार    

उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी निर्मला विकको आज विहान मोटरसाईकल ठक्करले ज्यान गएको छ । गाईघाटबाट नेपालटार आईरहेको स ९ प ४७२ नं. को मोटरसाईकलले ठक्कर दिदा पैदल यात्रामा रहेकी १८ वर्षीया निर्मलाको ज्यान गएको हो । 
    

विहान ८ः०० बजे तिब्रगतिमा रहेको मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो । तर, उपचारकै क्रममा विकको ९ः०० बजे निधन भएको प्रहरीले जनाएको छ । उनी सोमबहादुर बिककी छोरी भएको बताइएको छ ।


मोटरसाईकल चालक उदयपुरगढी ८ का १९ वर्षीय मेसक राई पक्राउ परेका छन् । उनीसँगै मोटरसाईकल पनि नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको लास पोष्टमार्टमका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् । 
 

तिहारको मुखमा लाउँलाउँ खाउँखाउँको उमेरकी निर्मलाको निधनले बिक परिवार शोकाकुल हुन पुगेको छ । यस्तो दुःखद घट्नाले बिक परिवारसहित सिंगो नेपालटारबासीलाई स्तभ्ध बनाएको स्थानीय ढकबहादुर राउतले बताए ।