लिमचुङबुङमा ट्याक्टरबाट लडेर मगरको निधन

२0७७ कार्तिक २८ शुक्रबार
लिमचुङबुङमा ट्याक्टरबाट लडेर मगरको निधन

लिमचुङबुङ


तिहारको रमझम नजिकिदै गर्दा लिमचुङबुङ ३ सिर्वानी तीनचोकेस्थित एक मगर परिवारमा भने अत्यासलाग्दो दुःखद घट्ना आईलागेको छ । अघिल्लो राति ट्याक्टर चढ्ने क्रममा लडेर घाईते भएका ३४ वर्षीय पदम रानामगरको निधन भएपछि उनको सिंगो परिवारको तिहार खल्लो भएको छ । 


ना ६ त १९०८ नं. को ट्याक्टरमा चढ्न खोज्दा पछाडिको डालाबाट लडेर गम्भीर घाईते भएक नरबहादुर रानामगरका छोरा पदम कहिल्यै तिहार नमनाउने गरी अस्ताएका छन् । राति ८ः०० बजे लडेका उनलाई उपचारका लागि अस्पताल लाने तयारी गर्दागर्दै प्राण गएको इलाका प्रहरी कार्यालय बाराहा, लिमचुङबुङलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । 


पहाडी कच्ची सडक, रातिको समय र ट्याक्टरजस्तो अभरिलो सवारी साधन चढेर गन्तव्य पहिल्याउन खोज्दा लडेका मगरको नजिकमा स्वास्थ्य संस्था नभएकाले उपचार गर्नै नपाइएको प्रहरी भनाई छ । इप्रका बाराहाले ट्याक्टर र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य थालेको जनाएको छ । 


विस्तृत अनुसन्धान र शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट अर्को प्रहरी टोली घट्नास्थल गएको छ । टोली पुगेपछि मृतकको शव पोष्टमार्टमका लागि सदरमुकम ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।