बलात्कार अभियुक्त ११ वर्षपछि पक्राउ

२0७७ कार्तिक २६ बुधबार
बलात्कार अभियुक्त ११ वर्षपछि पक्राउ


उदयपुर

जवरजस्ती करणी आरोपमा विगत ११ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । गत ०६६ सालमा बलात्कार अभियोगमा मुद्धा परी जिल्ला अदालतबाट दोषी करार भए पनि प्रहरीको फरार सूचीमा रहेका चौदण्डीगढी नगरपालिका ९ हडियाका नारायणबहादुर राउत बुधबार पक्राउ परेका हुन् । 


उनलाई जवरजस्ती करणी मुद्धामा अदालतले ०६६ साल जेठ १४ गते ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतबाट दोषी सावित भए पनि फरार रहेकोमा बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले राउतलाई घरबाटै पक्राउ गरेको जनाएको छ । 


राउत घरमै लुकिछिपी बसिरहेको भन्ने सुराकीका आधारमा खटेको टोलीले उनलार्य पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनलाई बुधबारै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाइएको डिएसपी गौतमले बताएका छन् ।