माछापुछ्रे वन समूहबाट चिरान काठसहित मगर पक्राउ

२0७७ कार्तिक २६ बुधबार
माछापुछ्रे वन समूहबाट चिरान काठसहित मगर पक्राउ

रामपुर


अवैध काठ कटान गरेको आरोपमा बेलका ९ स्थित माछापुछ्रे सामुदायिक वन उपभोक्ता समूहबाट एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले मंगलबार राति ९ः०० बजे अवैध चोरीको चिरान बटमसहित बेलका ९ का शसी थापामगरलाई नियन्त्रणमा लिएको हो । 


काठ चोुरी गरी ल्याउँदै गरेको भन्ने सुराकीको आधारमा खटेको इन्सपेक्टर नेतृत्वको गस्ती टोलीले मगरलाई ९ थान सखुवाको बटमसहित नियन्त्रणमा लिएको इप्रका रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बेलका ९ स्थित खोरियाटोलबाट पक्राउ ७ फिट लम्बाईका बटम ९ थान रहेको र जसको परिमाण ५.३ क्युविक फिट रहेको प्रहरीले जनाएको छ । 


पक्राउ काठसहति मगरलाई आवश्यक कारवाहीका लागि बेलका ७ मैनामैनीस्थित सवडिभिजन वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् ।