उदयपुरमा कोरोनाले मृत्यु सबै दीर्घरोगी, चिन्ता नगरौं सावधान रहौं !

२0७७ कार्तिक २६ बुधबार
उदयपुरमा कोरोनाले मृत्यु सबै दीर्घरोगी, चिन्ता नगरौं सावधान रहौं !

  • उदयपुर, 

     

  • उदयपुरमा केही समयनयता कोरोनाले ज्यान लिन थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन् । सञ्च सावुज देखिएका मान्छे विरामी भएपछि अस्पताल भर्ना हुने र कोरोना देखिएको केहीदिनपछि नै मृत्यु हुने गरेका कारण कोरोनाको त्रास जनसमुदायमा परेको पाइएको छ । 


    तर, तपाँई नडराउनुहोस्, कोरोना भाईरस पोजेटिभ देखिएका मृतक जति छन्, तिनमा कुनै न कुनै दीर्घ रोग भएको पाइएको छ । मंगलबार एकैदिन त्रियुगा नगरपालिका ४ का २१ वर्षीय युवक र चौदण्डीगढी २ का ४२ वर्षीय पुरुषको मृत्यु भएकोमा दुवैजना दीर्घरोगी भएको खुलेको छ । विराटनगरस्थित प्रदेश कोविड अस्पतालमा मृत्यु हुने २१ वर्षीय युवकका दुवै पृगौला खराव भएको अस्पतालले जनाएको छ ।


    दुवै मृगौला खराव भएकाले ३ वर्षदेखि उनको नियमित डाईलासिस गरिदै आएको थियो । एक्कासी स्वासप्रस्वासको समस्याले बेहोस भएपछि उनलाई गत २२ गते कोसी अस्पताल भर्ना गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । 


    त्यस्तै मंगलबारै मृत्यु भएका नेकपा चौदण्डीगढी नगर सदस्य कैलाश काफ्लेमा निमोनियाको समस्या रहेको बताइएको छ । एक्कासी उच्च ज्वरो आएपछि कात्तिक १४ गते धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई केहीसमययता निमोनियाको समस्या भएको चौदण्डीगढी २ का वडाध्यक्ष सन्तोष सुबेदी (बलिदान) ले बताए । 


    यसअघि पनि उदयपुरका आधादर्जन हाराहारीको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु पनि कसैको मृगौला खराव र कसैर्ला दम, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर) भएकाहरु रहेको पाइएको छ । अहिलेसम्म कोविडले ज्यान लिएकाहरुमा कुनै न कुनै दीर्घरोग भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

     

  • दीर्घरोगीलाई कोविड संक्रमण भएमा समस्या निकै कठिन हुने भएकाले सबैजना संक्रमण्बाट बँच्नु नै उत्तम उपाय भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीको सल्लाह छ । उनका अनुसार संक्रमण हुनबाट बँच्न नियमित साबुन पानीले हात धुने, बाहिर निस्कदा र भीडभाडमा अनिवार्य मास्क लाउने, सेनिटाईजर दल्ने, विहान बेलुका उमालेको बेसार पानी, गुर्जो, अदुवा लसुन र दिनमा कम्तीमा ३ पटक तातोपानी खाने गर्नुपर्छ ।  

     

  • नियमित कम्तीमा आधाघण्टादेखि डेढघण्टासम्म पसिना छुट्ने गरी शारिरीक श्रम वा व्यायाम (एक्सरसाईज) गर्ने, खेलकुदमा भाग लिने गर्दा कोरोनाविरुद्ध लड्न थप उर्जा मिल्ने सुबेदी बताउँछन् । स्वस्थ्य खानेकुरा, प्रसस्त झोलिलो पदार्थ र गेडागुडी, हरिया सागसब्जी, ताजा फलफुल खाने र सरसफाईमा ध्यान दिनु पनि कोरोनाबाट बँच्ने अनिवार्य सर्तहरु भएको सुबेदीले बताए । 


    संक्रमण भईहाले पनि नआत्तिन, मनोबल उच्च बनाउन र नियमित डा. को सल्लाह अनुसार औषधि खान र अन्य सल्लाह मान्ने गरेमा सहजै कोरोनालाई जित्न सकिने विज्ञहरुको सुझाव छ ।