बेलका नगरपालिकाले स्थानीयस्तरमै थुक्पा र चाउमिन उत्पादन गर्ने

२0७७ कार्तिक २२ शनिबार
बेलका नगरपालिकाले स्थानीयस्तरमै थुक्पा र चाउमिन उत्पादन गर्ने

बेलका


बेलका नगरपालिकाले स्थानीयस्तरमै थुक्पा र चाउमिन उत्पादन गर्ने भएको छ । सजिलो खाजा र खाना (फास्ट फुड) को रुपमा प्रयोग हुने दैनिक उपभोग्य वस्तु थुक्पा र चाउमिन अव स्थानीयस्तरमै बनाउने जनशक्ति उत्पादन गर्न नगरपालिकाले भर्खरै तालिम सुरु भएको छ । 


नगर उद्यम विकास शाखाको आयोजनामा बेलका १ र ६ मा एकैदिन तालिम सञ्चालन सुरु भएको हो । वडा नं. १ को भालमन्ती र ६ को बुद्धचौक सुरु तालिमका लागि आवश्यक यन्त्र उपकरण (मेसिन) शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापाले तालिम अयाोजकलाई हस्तान्तरण गरे । उपकरण हस्तान्तरणसहित मेयर थापाले ७ दिने थुक्पा तथा चाउमिन बनाउने तालिमको उद्घाटन पनि गरे । 


कार्यक्रममा मेयर थापाले आयआर्जन गर्न, आर्थिक उन्नति र प्रगति गर्दै समृद्धि हासिल गर्न सबैजना उद्यम व्यवसायमा लाग्न आग्रह गरे । उनले अल्छीहरुका लागि नगरपालिकाले केही गर्न नसक्ने भन्दै उद्यम गर्न चाहने नगरबासीका लागि जुनसुकै सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाए । उनले २० देखि २५ जनाको समुह बनाएर उद्यम व्यवसाय गर्न चाहन्छौं भन्दै नगरपालिका आएमा १५ दिनभित्र कुनै पनि व्यवसायिक तालिम दिलाएर नगरपालिकाले आत्मनिभर बनाउन सहयोग गर्ने वचन दिए ।


उद्यमीहरुका लागि नगरपालिकाले २ प्रतिशत व्याजदरमा सहुलियत कÞर्जाको पनि व्यवस्था गर्ने जनाएका छन् । उद्यम व्यवसाय गरिरहेका नगबासीले थप उद्यम गर्न चाहेमा सहुलियत दरमा ऋण दिने व्यवस्था गर्न स्थानीय बैंकसँग कुराकानी गरिरहेको बताउँदै मयेर थापाले नगरपालिकाले ५ वर्षमा १ हजार ५ सय नयाँ उद्यमी सृजना गर्ने उदेश्य लिएर काम गरिहेको बताए । उनका अनुसार हालसम्म नगरपालिकामा ६ सय नगरबासीले तालिम लिएर उद्यम व्यवसाय थालेका छन् भने ५ सय बिभिन्न रुग्ण घरेलु उद्योग सञ्चालनका लागि नगरपालिकाले सहयोग गरेको छ । 


कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा नगर कृषि सल्लाहकार नारद निरौलाले नगरबासीले गरेको मागका आधारमा तालिम सामाग्री र मेसिन औजारहरु नगरपालिकाले उपलब्ध गराउँदै आएको भन्दै यसको समुचित प्रयोग गरेर सहभागीहरुले भरपुर लाभ लिन आग्रह गरे । नगरपालिकाको सहयोगलाई आत्मसात गरेर व्यवसाय र उद्यम गरे किसानहरुको जीवनमा 
परिवर्तन ल्याउन सहज हुने उनको भनाई थियो ।


नेकपा बेलका नगर सचिव तथा नगरपालिकाका आर्थिक सल्लाहकार गणेश बस्नेतले तालिम लिनेहरुले तत्काल उद्यम व्यवसायमा हात हालेर आत्मनिर्भर बनेको हेर्न चाहेको बताए । उनले तालिम पाएपछि त्यसबाट सिकेको सिपलाई प्रयोगमा ल्याएर उद्धमी बन्न सबैलाई आग्रह गरे । नगरपालिकाका प्रेस सल्लाहकार तथा नेकपा नगर प्रवक्ता ललित राईले उद्यमबिनाको जीवन मरेतुल्य हुने भन्दै  नगरले जतिसक्दो चाँडो इच्छुक नगरबासीबाट आवश्यक सिप, प्रबिधि र क्षमता विकासका लागि तालिम लिएर स्वरोजÞगार बन्न प्रशिक्षार्थीहरलाई आग्रह गरे । 


बुद्ध चौकको कार्यक्रममा जनता समाजवादी पार्टी बेलका नगर अध्यक्ष सुरेन्द्र राईले गाउँघरमा खुल्नने लघु उद्यमले बिपन्न जनताको जीवनस्तर उकास्दै समृद्धितर्फ अघि बढाउने आसा लिएको बताए । उनले यस्ता कार्यक्रम निरन्तर चलाईरहन नगरपालिकाको ध्यानाकर्षण गराए । वडा नं. १ को उद्घाटन कार्यक्रम वडाध्यक्ष दिनेश्वरप्रसाद चौधरीको अध्यक्षतामा र ६ को कार्यक्रम वडाध्यक्ष बसन्तकुमार मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्षद्वयले कार्यक्रमका सहभागीलाई सीप सिकेर स्वरोजÞगार भई आत्मनिर्भर बन्न आग्रहसहित सफलताको शुभकामना दिएका थिए । 


नगर उद्यम अधिकृत जिरा राईका अनुसार तालिम सञ्चालनका लागि दुवै स्थानमा २/२ लाख रुपैया बराबरको थुक्पा र चाउमिन बनाउने मेसिन जडान गरिएको छ । ७ दिने तालिममा आवश्यकताका आधारमा थप सहयोग गर्न पनि सकिने अधिकृत राईले बताईन् । तालिम आगामी कार्तिक २७ सम्म चल्ने अधिकृत राईले बताएकी छिन् ।