गाँजा किनबेच गर्दैगर्दा पक्राउ 

२0७७ कार्तिक १९ बुधबार
गाँजा किनबेच गर्दैगर्दा पक्राउ 

उदयपुर, कात्तिक १९


गाँजा बेच्दै गरेको पैसासहित उदयपुरका एक बृद्ध पक्राउ परेका छन् । गाँजा किनबेच हुँदै गरेको खवर पाएपछि नेपालटारस्थित प्रहरी चौकीबाट खटेको टोलीले उदयपुरगढी गाउँपालिका ७ बाट ६२ वर्षीय दिनलबहादुर राई पक्राउ परेका हुन् । 


उनलाई ४ सय २५ ग्राम गाँजा र १३ हजार ७ सय नगदसहति पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय आवश्यक अनुसन्धान सुरु भएको जनाइएको छ । 


प्रहरीले जिल्लाभरी लागू औषध नियन्त्रण गर्ने अभियान अन्तरगत सबै युनिटहरुमार्फत परिचालित प्रहरीले गाँजा नियन्त्रण, फँडानी तथा कारोबारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।