नेकपा नेताको नक्कली फेसबुक बनाएर पैसा माग्ने साहको समूह भएको अनुमान (अपडेट)

२0७७ कार्तिक १९ बुधबार
नेकपा नेताको नक्कली फेसबुक बनाएर पैसा माग्ने साहको समूह भएको अनुमान (अपडेट)

उदयपुर, कात्तिक १९


सत्तारुढ दल नेकपा उदयपुरका जिल्ला कमिटी सदस्य किरण राईको नाममा नक्कली फेसबुक बनाएर ठगी गर्ने युवा पक्राउ परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का  प्रवक्तासमेत रहेका राईको नक्कली फेसबुक आईडी बनाएर सर्वसाधारणदेखि नेता कायकर्तासँग पैसा माग्ने त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षीय पंकज साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


अर्काको फेसबुक आईडी बनाएर ठगी गरेको पाइएपछि साहलाई सोमबार गाईघाटबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नेता राईको फोटो राखेर नक्कली फेसबुक आईडी बनाई म्यासेन्जरमार्फत ‘म्यासेन्जर’मार्फत बोल्दै साहले बिभिन्न सर्वसाधारण र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवसँग पैसा मागेको फेला परेपछि उनको ठगी धन्दाको पटाक्षप भएको हो ।


म्यासेन्जरमा बोल्ने क्रममा राईले यादवसँग ३० हजार रुपैंया सापट मागेपछि मोवाईलमा फोन गरेर पैसा चाहिने कारण सोध्दा मात्र राईले आफुल पैसा नमागेको भनेपछि मात्र उनको नक्कली आईडीमार्फत ठगी भईरहेको तथ्य सार्वजनिक भएको हो । यादवसागे सोमबार फेसबुकमा च्याट गर्दागर्दै ३० हजार पैसा सापटी चाहियो भन्दै मागेको र घरमा लिन आउनु भन्दा आफु विराटनगर जाँदै गरेकाले बैंक खातामा हाल्न लगाएको यादवले बताए । ‘पैसा लगिदिन नभ्याएर लिन आउनु भन्दा नक्कली आईडी अर्कैले बनाएको पत्ता लाग्यो ।’


यादवसँग पैसा सापटी माग्ने नक्कली फेसबुक आईडी चलाउनेले भन्ने तथ्य पत्ता लागेसँगै राईले प्रहरीलाई खवर गरेपछि तत्काल खटेको टोलीले साहलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए । प्रारम्भिक बयानमा साहले राईको नाममा नक्कली फेसबुक बनाएर पैसा मागेको स्वीकारेको एसपी दाहालले बताएका छन् । 


साहले यसअघि पनि त्रियुगा नगरपालिका १० का विगेश राईको नक्कली फेसबुक बनाएर ठगी गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । साहलाई हिरासतमा राखेर विद्युतीय अपराध (साईबर क्राईम) ऐन अनुसार कारवाही गर्ने तयारी भईरहेको छ । 

 

प्रहरीको प्रारम्भिक अनुसन्धानले ठगी धन्दामा साह एक्लै नभएर समूह नै सक्रिय रहेको हुनसक्ने अनुमान गरेको छ । तर, यसबारे विस्तृत अनुसन्धान भने हुन बाँकी रहेको एसपी दाहालले बताएका छन् ।