सुनकोसीमा धुमधामसँग परीक्षण सफल भएको र्याफ्टिङ गुमनाम

२0७७ कार्तिक १८ मंगलवार
सुनकोसीमा धुमधामसँग परीक्षण सफल भएको र्याफ्टिङ गुमनाम

महेश्वर चामलिङ  
उदयपुर, कात्तिक १८


दुईवर्षअघि रौतामाई गाउँपालिकाले सफल परीक्षण गरेको सुनकोसीको जलपर्यटन  (र्याफ्टिङ) अहिले चर्चासम्म हुन छाडेको छ । गाउँपालिकाले उदयपुर र खोटाङको सीमाना भएर बग्ने सुनकोसीमा र्याफ्टिङ विज्ञको साथमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार र व्यापारी व्यवसायीको रौतामाई ५ देखि त्रियुगा १४ को धाब्लाङसम्म १३ किलोमिटर जलयात्रा सफल भएसँगै त्यसलाई व्यवसायिक रुप दिने भनिएकोमा त्यो विषय अहिले गुमनाम हुन पुगेको छ । 


सुनकोसी र्याफ्टिङ व्यवसायका लागि प्रचुर संभावना बोकेको गाउँपालिकाले त्यसबेला निश्कर्ष निकाल्दै एकल र साझेदारीमा व्यवसायिक र्याफ्टिङ सञ्चालन गरेर पर्यटन व्यवसाय प्रबद्र्धन गर्ने भने पनि त्यो विषयले साकार रुप लिन नसकेको स्थानीय कुमार राईले बताए । उनका अनुसार तामझामका साथ परीक्षण कार्य गरिएपछि व्यवसायिक रुपमा सञ्चालन हुन्छ भन्ने अपेक्षा गाउँलेले गरेकोमा अहिले नामै सुन्न छाडेपछि स्थानीय व्यापारीमा निरासा छाएको छ । 


‘हाम्रो कोसीमा र्याफ्टिङ सुरु हुने भयो अव पर्यटक आउँछन्, व्यापार व्यवसाय चल्छ भन्ने गाउँलेले ठानेका थिए’ राईले भने ‘कति पैसा खर्च गरेर गाउँपालिकाले परीक्षण गर्यो अहिले सबै चुपचाप छन् ।’ र्याफ्टिङ चल्दा रौतामाई ३ को चनौटेदेखि ५ को आँपटार हुँदै त्रियुगा नगरपालिका १४ को धाब्लाङसम्म तथा खोटाङतर्फ पनि कोसी छेउछाउका व्यापारी व्यवसायीलाई आयआर्जनमा सहयोग पुग्ने उनले बताए । 


उदयपुर, खोटाङ र ओखलढुंगाको सीमाना जयरामघाटदेखि लिमचुङबुङ, रौतामाई, त्रियुगा नगरपालिका हुँदै बेलका नगरपालिका ७ को लेगुवाघाट हुँदै चतारास्थ्ति सुनसरी सीमाना पुगेपछि सुनकोसी सप्तकोसीमा परिणत हुन्छ । त्यसैले सानो धारको कोसी हुँदै सप्तकोसीको विशाल जलासयमा व्यवसायिक र्याफ्टिङको धेरै राम्रो संभावना रहेको छ । व्यवसाियक रुपमा सञ्चालन गर्ने हो भने जल यातायातले आयआर्जन बृद्धि मात्र गर्ने नभएर यात्राको दुरीसमेत छोट्याउन सक्छ । सडक यातायातभन्दा जलयातायात छिटो र छोटो हुने विज्ञहरु बताउँछन् ।


गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले परीक्षण सफल भईसककेकाले व्यवसायिक रुपमा सञ्चालन गर्ने योजना अघि बढाउँदै गरेको बताए । उनले गतवर्ष योजना बनाए पनि कार्यान्वयनमा ल्याउन लाग्दा कोरोना कहर सुरु भएपछि त्यत्तिकै थाती रहेको बताए । कोरोना महामारी सहज भएपछि व्यवसायिक रुपमा र्याफ्टिङलगायत अन्य पर्यटकीय गतिबिधि सुचारु गर्ने उनको योजना छ । 


परीक्षण कार्य गर्दा रौतामाई र त्रियुगा नगरपालिकाले संयुक्त रुपमा गरेकाले व्यवसायिक रुपमा सञ्चालन गर्दा पनि साझेदारीमा गर्ने योजना बनाउने तरखर भईरहँदा कोरोना बाधक हुन पुगेको उनीहरु बताउँछन् । त्यतिखेर गाउँपालिकाले गोर्खा बीच एडभेन्चर क्याम्प प्रालि काठमाडाँैंबाट आएको रयाफ्टिङ टोलीले रौतामाई ५ को फोक्सिन्टारदेखि त्रियुगा नगरपालिका १४ को धाब्लाङसम्म १३ किलोमटिर दूरीमा सफल परीक्षण गरेको थियो । 


सो दूरीभित्र पर्ने ४ ठाउँमा भने ¥यापिड क्षेत्र उचाल्ने पछार्ने (भँगालो) परेको पाइएको थियो । त्यसलाई सामान्य मर्मत गरेर सहज बनाउन सकिने जलविज्ञ टोली संयोजक मनिष बान्तवाले बताएका थिए । गाउँपालिका अध्यक्ष खड्काले परीक्षण सफल भएपछि उतिबेलै व्यवसायिक ¥याफ्टिङ सञ्चालन गर्न इच्छुक व्यवसायीको खोजी गर्ने बताएका थिए । व्यवसाय गर्न चाहनेलाई गाउँपालिकाले गानीमैत्री वातावरण बनाईदिने र आवश्यक प्राविधिक तालिम दिलाउन आवश्यक बजेटसमेत व्यवस्था गरिदिने बचन दिएका थिए । छिटो आवागमन गर्न र स्थानीयलाई आयआर्जन गर्न टेवा पुग्ने भएकाले त्यसप्रति गाउँपालिका सचेत रहेको खड्काको भनाई थियो । 


त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष कुरुङ राईले रौतामाई मात्र नभएर लिमचुङबुङ गाउँपालिका १ को भाडबेसीदेखि ५ को चनौटे, रौतामाईको ३ देखि रसुवा, फोक्सिन्टार हुँदै त्रियुुगा नगरपालिका १५ खाँबु र १४ धाब्लाङ, चौदण्डीगढी नगरपालिका १ को रानीटार जोड्दै बेलका नगरपालिका ७ र ८ सम्म नै जलपर्यटनको प्रचुर संभावना छ । चौदण्डीगढी नगरपालिकाले पनि त्यतिबेलै ¥याफ्टिङ पर्यटनलाई गुरुयोजनाभित्र समेटेर विकास गर्ने नगरप्रमुख खगेन्द्र राईले त्यतिेबेलै बताएका थिए । रौतमाई र त्रियुगाले गरेको परीक्षण सफल भएकाले जलपर्यटनको संभावना बोकेका छिमेकी स्थानीयतहसँग मिलेर चौदण्डीगढीले जलपर्यटन योजना अघि बढाउने उनको भनाई थियो । 

क्याप्सनः सुनकोसीमा परीक्षण ¥याप्mिटङमा सहभागी रौतामाई र त्रियुगाको टोली । फाईल तस्विरः